रियल लाइफमै आमा बन्दै यी नायिकाहरु

रियल लाइफमै आमा बन्दै यी नायिकाहरु
Glammandu प्रकाशित: विहीबार, ०२ बैशाख २०७८, १३ : २४ pm

नेपाली फिल्मका नायिकाहरु अहिले धमाधम आमा बन्ने तयारीमा देखिन्छन् । केहि समय अघिमात्र नायिका प्रियंका कार्कीले सामाजिक संजाल मार्फत आफु आम बन्दै गरेको खुलासा गरेकी थिइन् । 

कार्कीले आफु आमा बन्न लागेको तस्बिर सार्वजनिक गर्दै लेखेकिछन् ‘अबदेखि नसोध्नुहोला । हामी गर्भवती छौ ।’

त्यस्तै नेपाली कमेडी सो कमेडि च्याम्पियनकी र्निणयक तथा नायीका ऋचा शर्माले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफु गर्भवती भएको खुलासा गर्दै लेखेकी छिन्–‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’

त्यस्तै हाल बेल्जियममा रहेकी नायिका गरिमा पन्तले पनि सामाजिक सञ्जाल मार्फतनै आफु आमा बन्ने खबर सार्वजनिक गरेकीछन् । गरिमाले आफ्नो ‘बेबी बम्प’ सहितको फोटो पोष्ट गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्–‘श्रृष्टीबाट श्रृष्टीकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ 

केहि समयदेखि नेपाली फिल्ममा नदेखिएकी पन्त आफ्ना श्रीमान् संगै बेल्जियम बस्दै आएकी छन् । 
 

प्रकाशित: विहीबार, ०२ बैशाख २०७८, १३ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News