३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: विहीबार, ०२ बैशाख २०७८, ११ : ४० pm

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको (मंगलबार) तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । गएको मंगलबार तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । गत मंगलबार तोलाको १ हजार २ सय ६० रुपेैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  
 

प्रकाशित: विहीबार, ०२ बैशाख २०७८, ११ : ४० pm

प्रतिक्रिया दिनुहोस

Related News