सुनको मूल्यमा गिरावट, आज कति छ मूल्य ?

सुनको मूल्यमा गिरावट, आज कति छ मूल्य ?
Glammandu प्रकाशित: मंगलबार, ३१ चैत्र २०७७, ११ : ४७ pm

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार १ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । हिजो सोमबार तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: मंगलबार, ३१ चैत्र २०७७, ११ : ४७ pm

प्रतिक्रिया दिनुहोस

Related News