पछिल्लो २४ घण्टामा ५ सयभन्दा बढीमा कोरोना पोजेटिभ

पछिल्लो २४ घण्टामा ५ सयभन्दा बढीमा कोरोना पोजेटिभ
Glammandu प्रकाशित: सोमबार, ३० चैत्र २०७७, १७ : ३९ pm

नेपालमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ५ सयभन्दा बढी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार  १०५ जनाको परीक्षण गर्दा  ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो यो परीक्षण गरिएको मध्ये १० प्रतिशत धेरै हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।  

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेको छ । २ लाख ८० हजार ५२४ संक्रमितमध्ये  हालसम्म  २ लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित: सोमबार, ३० चैत्र २०७७, १७ : ३९ pm

प्रतिक्रिया दिनुहोस

Related News