सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: सोमबार, ३० चैत्र २०७७, ११ : २७ pm

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । हिजो आइतबार तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: सोमबार, ३० चैत्र २०७७, ११ : २७ pm

प्रतिक्रिया दिनुहोस

Related News