नेपाली फिल्म ‘चुरीफुरी’को रिलिज हुने मिति तय

नेपाली फिल्म ‘चुरीफुरी’को रिलिज हुने मिति तय
Glammandu प्रकाशित: आइतबार, २९ चैत्र २०७७, १६ : २१ pm

ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘चुरीफुरी’को रिलिज मिति तय भएको छ । यो चलचित्र आगमी असोज १ गते रिलिज हुने निर्माण पक्षले बताएको हो ।

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डितको अभिनय रहेको छ । रिना ढकाल र निर्देशक आचार्यको लगानी रहेको उक्त चलचित्रलाई राहुल राइले छायांकन गरेका हुन् । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।

राजेन्द्र खाती, बिमला भुसाल र शिब थापा सह–निर्माता रहेको यो चलचित्रमा दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर रहेको छ ।

प्रकाशित: आइतबार, २९ चैत्र २०७७, १६ : २१ pm

प्रतिक्रिया दिनुहोस

Related News