‘हामी तीन भाई’ फेरी बन्ने

‘हामी तीन भाई’ फेरी बन्ने
Glammandu प्रकाशित: आइतबार, २९ चैत्र २०७७, १४ : ४० pm

‘हामी तीन भाई’को नाममा पुनः नयाँ फिल्म बन्ने भएको छ । उक्त फिल्म मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको हो । 

नयाँ बन्न लागेको उक्त फिल्ममा सलोन बस्नेत, शिशिर राणा, विकास चापागाँई, सदीक्षा पाण्डे, नरेन्द्र केसी मुख्य भूमिकामा रहनेछन् भने मुख्य भूमिकामा रहने केही कलाकारको छनोट गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ । प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई साजित महत ले निर्माण गर्ने भएका हुन् । पारिवारिक प्रेम कथामा निर्माण हुन लागेको चलचित्रका कार्यकारी निर्माता विक्रम तामाङ्ग हुन् ।

पहिले बनेको ‘हामी तीन भाई’मा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसी लगायतको अभिनय रहेको थियो । उक्त फिल्म स्व. शिव रेग्मीको निर्देशन बनेको थियो ।

प्रकाशित: आइतबार, २९ चैत्र २०७७, १४ : ४० pm

प्रतिक्रिया दिनुहोस

Related News