पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण
Glammandu प्रकाशित: विहीबार, २६ चैत्र २०७७, १७ : ४४ pm

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा (बिहीबार) नेपालमा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको जनाएको छ । 

थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४००६ परीक्षण गरिएकोमा ३३२ जनामा (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

हालसम्म १८ लाख छ हजार २३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित: विहीबार, २६ चैत्र २०७७, १७ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News