गायक जीवन ढुङ्गेल र उषा दाहालको 'बटुवा' सार्वजनिक

गायक जीवन ढुङ्गेल र उषा दाहालको 'बटुवा' सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, २६ चैत्र २०७७, १२ : ३० pm

गायक तथा संगीतकार  जीवन ढुङ्गेल र उषा दाहालको आवाजमा रहेको गीत 'बटुवा' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

उक्त गीत ओआरएस डिजिटल यूट्यूब च्यानलमार्फत हिजो (बुधबार) सार्वजनिक भएको हो । मोहन खड्काको शब्द रहेको गीतमा गायक ढुङ्गेलको संगीत रहेको छ भने भिडियोको निर्देशन राज केपीले गरेका छन् ।  गीतमा प्रथम क्षेत्री र समिक्षा केसी र गायक ढुङ्गेलको अभिनय रहेको छ । 

गीतमा 'बटुवा' भएर आफ्नो मायालूको घर पुगेको कुरालाई देखाएको छ । प्रेमलाई उकृष्ट ढंगबाट प्रस्तुत गरिएको गीतमा मागी बिहे, भागी बिहे उल्लेख गरिएको छ । भिडियोमा प्रथम र समीक्षा रोमान्स देख्न सकिन्छ । 

भिडियो हेर्नुहोस्

प्रकाशित: विहीबार, २६ चैत्र २०७७, १२ : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News