चलचित्र ‘घिन्ताङ’ मा केकी अधिकारी अनुबन्धित

चलचित्र ‘घिन्ताङ’ मा केकी अधिकारी अनुबन्धित
Glammandu प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १४ : ५० pm

चलचित्र‘घिन्ताङ’ मा नायिका केकी अधिकारी अनुबन्धित भएकी छिन्  । 

निर्देशक दीपक श्रेष्ठले केकी अधिकारीलाई चलचित्रमा अनुबन्धित गरेका हुन् । यसअघि अनुबन्धित भएका २ नायिकाले चलचित्र छाडेपछि श्रेष्ठले केकी अधिकारीलाई चलचित्रमा अनुबन्धित गरेका हुन् । 

यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर, श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन समय केही पछि धकेलियो । चलचित्रमा सुरुमा नायिका एलिजा गौतमलाई अनुबन्धित गरिएको थियो । उनले यो चलचित्र छाडेपछि दीपकले नायिका लक्ष्मी वर्देवालाई अनुबन्धित गराएका थिए । चलचित्रको छायांकन समयमै सुरु हुन नसकेपछि लक्ष्मीले पनि चलचित्र छाडेकी थिइन् । 

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले केकी अधिकारीलाई अनुबन्धित गरेका छन् । दीपकका अनुसार, वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । पनौती वरपर चलचित्रको छायांकन गरिने उनले बताएका छन् । चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् । 

प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १४ : ५० pm

प्रतिक्रिया दिनुहोस

Related News