भारतमा एकैदिन थपिए १ लाख ३ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा एकैदिन थपिए १ लाख ३ हजारभन्दा बढी कोरोना संक्रमित
Glammandu प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १३ : ५८ pm

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । भारतमा मंगलबार एकैदिन १ लाख ३ हजार ९५५ जना कोरोना संक्रमित थपिएका छन् । यो एकैदिन फेला परेका हालसम्मकै धेरै संख्या हो । 

त्यसैगरी, मृत्युदर पनि बढ्न थालेको छ । भारतमा मंगलबार एकैदिन ६३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । एकैदिन मृत्यु हुनेको यो संख्या पनि हालसम्मकै धेरै हो।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका, मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। कोरोना रोकथामकै लागि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइएको छ। 

भारतमा अहिलेसम्म १ करोड २८ लाख मानिसमा कोरोना संक्रमण भएका छन् भने १ लाख ६६ हजारले ज्यान गुमाइसकेका छन्। 

प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १३ : ५८ pm

प्रतिक्रिया दिनुहोस

Related News