कटरीना कैफलाई कोरोना संक्रमण

कटरीना कैफलाई कोरोना संक्रमण
Glammandu प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १३ : ३२ pm

बलिउडकी चर्चित अभिनेत्री कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेत्री कैफले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’ 

प्रकाशित: बुधबार, २५ चैत्र २०७७, १३ : ३२ pm

प्रतिक्रिया दिनुहोस

Related News