५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: बुधबार, २५ चैत्र २०७७, ११ : २८ pm

आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (मंगलबार) तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ५ सय रुपैयाँले बढेर तोलाको ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य बढेको थियो । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ७७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: बुधबार, २५ चैत्र २०७७, ११ : २८ pm

प्रतिक्रिया दिनुहोस

Related News