दीपाश्रीको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

दीपाश्रीको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ
Glammandu प्रकाशित: मंगलबार, २४ चैत्र २०७७, १७ : ३२ pm

दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् । साइबर ब्युरो प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो।

निर्देशक तथा कलाकार दीपाश्री निरौला र कलाकार सरोज खनाल लगायत ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो। सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।

प्रकाशित: मंगलबार, २४ चैत्र २०७७, १७ : ३२ pm

प्रतिक्रिया दिनुहोस

Related News