बलिउडमा कोरोना प्रभावः अमिर,रणविर कपुर पछि गोबिन्दा र अक्षयलाई कोरोना संक्रमण

बलिउडमा कोरोना प्रभावः अमिर,रणविर कपुर पछि गोबिन्दा र अक्षयलाई कोरोना संक्रमण
Glammandu प्रकाशित: सोमबार, २३ चैत्र २०७७, १२ : ३६ pm

पहिलो चरणको कोरोना लहरका क्रममा धेरै बलिउडकर्मीलाई कारोनाको असर खासै देखिएको थिएन । तर, दोश्रो चरणको कोरोनाको लहरमा धेरै बलिउडकर्मी यसको चपेटामा परेका छन् ।

केहि दिन अघिमात्र बलिउड अभिनेता रणबिर कपुर, आमिर खानलाई कारोना संक्रमण पुष्टि भएको थियो भने हालैमात्र नायक अक्षय कुमार तथा गोबिन्दा पनि कोरोनाको संक्रमण पुष्टि भइको भारतिय संचारमाध्याहरुले जनाएका छन् । 

चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो । तर, चलचित्रका अन्य ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित गरिएको छ ।

कोरोना पुष्टि भएपछी अभिनेता अक्षय कुमारलाई अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित: सोमबार, २३ चैत्र २०७७, १२ : ३६ pm

प्रतिक्रिया दिनुहोस

Related News