२ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: सोमबार, २३ चैत्र २०७७, ११ : २३ pm

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित: सोमबार, २३ चैत्र २०७७, ११ : २३ pm

प्रतिक्रिया दिनुहोस

Related News