गायिका टिका प्रसाईंको 'फूल फुल्यो केसरी' सार्वजनिक

गायिका टिका प्रसाईंको 'फूल फुल्यो केसरी' सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, २२ चैत्र २०७७, १२ : २९ pm

गायिका टिका प्रसाईं र गायक इआर वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको गीत ‘फूल फुल्यो केशरी’ सार्वजनिक भएको छ ।  उक्त गीत ओएसआर डिजिटल यूट्यब च्यानलमार्फत शनिबार सार्वजनिक भएको हो । 

गीतमा पुस्कर पन्तको शब्द रहेको छ  । सुदीप विष्टको सम्पादन रहेको उक्त भिडियो किरण मगरको निर्देशनमा तयार भएको हो । गायिका प्रसाईको उक्त गीतमा किरण मगर, निक्की श्रेष्ठ ,स्माइली श्रेष्ठ र किशोरी विष्टको नृत्य रहेको छ । गीतमा मायामा प्रेमको कुरालाई झल्काउने प्रयास गरिएको छ । 

भिडियो हेर्नुहोस्:-

प्रकाशित: आइतबार, २२ चैत्र २०७७, १२ : २९ pm

प्रतिक्रिया दिनुहोस

Related News