अक्षय कुमारलाई कोरोना संक्रमण,भारतमा एकैदिन थपिए ९३ हजार संक्रमित

अक्षय कुमारलाई कोरोना संक्रमण,भारतमा एकैदिन थपिए ९३ हजार संक्रमित
Glammandu प्रकाशित: आइतबार, २२ चैत्र २०७७, १२ : २५ pm

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार बिहान अक्षय कुमारले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

प्रोटोकल पालना गर्दै आफू तत्काल आइसोलेसनमा बसेको उनले बताएका छन्। उनी अहिले होम क्वारेन्टिनमा बसेका छन्।

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अनुरोध गरेका छन्। म छिट्टै काममा फर्किने छु,ु उनले भनेका छन्।
कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन्। योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको छ।

टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको थियो। यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन्। त्यो दिन अमेरिकामा ७० हजार र ब्राजिलमा ६९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ। शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ।  यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो।

पछिल्लो समय भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडुलगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ।

प्रकाशित: आइतबार, २२ चैत्र २०७७, १२ : २५ pm

प्रतिक्रिया दिनुहोस

Related News