पल–मलिकाको ६ महिनामा १० वटा म्युजिक भिडियो आउदै, फिल्ममा पनि संगै देखिने

पल–मलिकाको ६ महिनामा १० वटा म्युजिक भिडियो आउदै, फिल्ममा पनि संगै देखिने
Glammandu प्रकाशित: बुधबार, ११ चैत्र २०७७, १२ : ४० pm

नायक पल शाह र नायिका मलिका महत अहिले नेपाली म्युजिक भिडियो उद्योगमा सर्वाधिक रुचाइएका जोडि हुन् ।  ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ मा संगै देखिएका यो जोडि अहिले बजारमा सर्वाधिक माग भएका जोडिहरु मध्यमा पर्दछन् ।

यी दुई कलाकारसँग केन्द्र मोशनले नयाँ संझौता गरेको वुझिएको छ । अब, पल र मलिकाले ६ महिनासम्म केन्द्र मोशन बाहेकको कम्पनीसँग एकसाथ म्यूजिक भिडियोमा काम गर्न पाउने छैनन् । केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग संझौता गरेको हो ।

उक्त सम्झौता बमोजिम पल र मलिकाले अलग–अलग रुपमा अन्य कम्पनीका भिडियो गर्न पाउनेछन्  तर, एकसाथ जोडीको रुपमा भने उनीहरुले ६ महिनाका लागि केन्द्र मोशनले र्निमाण गर्ने भिडियोमा मात्र काम गर्न पाउने गरी संझौतामा बाँधिएका छन् । 

केन्द्र मोशनले पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी गरिरहेको छ । ६ महिना भित्रमा स्क्रिप्ट फाइनल गरेर चलचित्र सुरु गर्ने योजनामा कम्पनी रहेको वुझिएको छ ।

प्रकाशित: बुधबार, ११ चैत्र २०७७, १२ : ४० pm

प्रतिक्रिया दिनुहोस

Related News