नेपाली चलचित्र ‘मारुनी’ युटुबमा

नेपाली चलचित्र ‘मारुनी’ युटुबमा
Glammandu प्रकाशित: शुक्रबार, २८ फागुन २०७७, १४ : ३३ pm

नेपाली चलचित्र ‘मारुनी’ युटुबमा सार्वजनिक गरिएको छ । गत बर्षको भदौमा रिलिज भएको थियो ।चलचित्रलाई बुढासुब्बा डिजिटलले शनिबार युटुममा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको एक घन्टामै यो चलचित्र युटुबको ट्रेन्डिङको चार नम्बरमा पुगेको छ । चलचित्रलाई यो एक दिनमा घन्टामा ४ लाख ४१ हजार पटक हेरिसकिएको छ । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको यो चलचित्रलाई युटुबमा पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

चलचित्रमा १३ सय भन्दा बढी दर्शकले प्रतिक्रिया दिदै उत्कृष्ट मात्र भनेका छैनन्, नेपाली चलचित्र क्षेत्रमै नयाँ स्वादको चलचित्र भनेका छन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।

 

प्रकाशित: शुक्रबार, २८ फागुन २०७७, १४ : ३३ pm

प्रतिक्रिया दिनुहोस

Related News