आगमन, पेमा र तहिस्मालाई ‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि

आगमन, पेमा र तहिस्मालाई ‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : ४७ pm

‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन् । आगमन बालक सिनियर तर्फ शिर्ष बिजेता चुनिदा बालिका तर्फ पेमा डोमा लामा सिनियर र तहिस्मा चौहान जुनियर तर्फको शिर्ष विजेता घोषित भए ।

तीनै जना बिजेताले उपाधिका साथै बिभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो ।

शनिबार अबेरसाँझ राष्ट्रिय नाँचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्टरनर अप, केन्द्रीत पौडेल सेकेन्ड रनरअप चुनिदा बालक जुनियर तर्फ प्रतिक भट्ट फष्ट रनरअप र जयस अग्रवाल सेकेन्ड रनरअफ भए ।

त्यस्तै बालिका सिनियर तर्फ ग्रेसी शाक्य फष्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप हुँदा जुनियर तर्फ फष्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : ४७ pm

प्रतिक्रिया दिनुहोस

Related News