Full Package Of Entertainment.

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक (भिडियाे)

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ – पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ । साे चलचित्रकाे  ट्रेलरमा भुकम्पका कारण आफ्नो सन्तान हराँउदा परेको पिडालाई प्रस्तुत गरिएकाे छ ।

यस चलचित्रकाे मुख्य भूमिकामा दयाहाङ राई, रेखा थापा, बुद्धि तामाङ, शान्ति वाईबा, पुस्कर गुरूङ, निराजन खतिवडा आदि रहेका छन् ।

चलचित्रमा दयाहाङ राई र रेखा थापालाई पहिलो पटक एकसाथ देख्न सकिन्छ । यो भन्दा पहिले दायाहाङ र रेखाले एक साथ काम गरेका थिएनन् ।

भूकम्पमा बिचल्लीत भएको एक परिवारको प्रेमकथामा आधारीत यस चलचित्रलाई  सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेका हुन् । सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’ मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

यही वर्षको भदौ २७ गते सर्वजनिक हुने भनिएको यो चलचित्र कारणवस सार्वजनिक हुन सकेको थिएन । अब यो चलचित्र यही चैत्र ७ गते प्रदर्शनमा आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

YouTube

Comments
Loading...