English

Full Package Of Entertainment.

स्टारडम मुतको न्यानो जस्तै हो । एकछिन तातो हुँदा मज्जा आउँछ । तर, जब चिसो हुन्छ नी अनी गन्हाउन थाल्छ…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममाण्डू, काठमाडौँ–चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक भएको छ । फिल्म माघ २४ गतेबाट रिलिज हुन लागेको हो।  टिजर  नायक विपिन कार्की वरिपरी नै घुमेको छ।

टिजरमा वीपिनको स्टार कलाकारको हुँदाको रवाफ र आउटडेटेड र भइसकेपछिको अवस्था चित्रण गरिएको छ ।

टिजरको संवाद –‘यो मुला स्टारडम मुतको न्यानो जस्तै हो । एकछिन तातो हुँदा मज्जा आउँछ । तर, जब चिसो हुन्छ नी अनी गन्हाउन थाल्छ, घिन लाग्न थाल्छ ।’

चलचित्रको कथाको लेखन र निर्देशन विशाल सापकोटाले गरेका छन् । यो चलचित्रलाई सुभाष थापा र दिनेश राउतले मिलेर बनाएका हुन् ।

चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माताको रुपमा छन् । सुशन प्रजापतिले खिचेको चलचित्रमा जीवन थापाको सम्पादन  रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments