Full Package Of Entertainment.

कोपिलाको ट्रेलरले फेरि सम्झायो निर्मला हत्याकाण्ड (भिडियो सहित)

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

ग्ल्याममान्डु,काठमाडौं- निर्मला पन्तको हत्याको घटनालाई  आधार मानेर  “कोपिला” फिल्म निर्माण गरिएको छ।  फिल्म को ट्रेलर सार्वजनिक भइसकेको छ।

फिल्मलाई शिवम अधिकारीले निर्देशन गरेका छन् भने फिल्मको निर्माण मनिराज गौतमले गरेका छन्। फिल्ममा दिपक शर्माको संगित रहेको छ । गणेश गिरीको कथा रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन रहेको छ ।

फिल्मको मुख्य भूमिका सञ्जिवनी खरेलले निर्वहा गरेकी छिन भने सरिता गिरीले आमा र गणेश गिरीले बाबुको भूमिका निर्वाह गरेका छन । फिल्ममा पुष्प आचार्य, अस्मिन घिमिरे, सुशान्त श्रेष्ठ, विमल पौडेल लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलरमा निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको भनाई समेत समेटिको छ । छोरीले न्याय नपाएकोमा उनले दःख व्यक्त समेत गरेकी छिन । फिल्म कोपिलाले आफ्नो छोरीमाथि भएको घटना अरुमाथि हुनबाट रोक्न महत्वपुर्ण भुमिका खेल्ने आशा व्यक्त गरेकी छिन । चितवन आसपासमा छायांकन भएको हो ।

हेर्नुहोस फिल्मको ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

YouTube

Comments
Loading...