English

Full Package Of Entertainment.

गरिब दुखीको इच्छा पुरा गर्ने कार्यक्रम ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग सार्वजनिक

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

ग्ल्यामाण्डु,काठमाडौँ-चलचित्र ‘बोबी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी कविता गुरुङले निर्माण तथा संचालन गरेको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग सार्वजनिक गरिएको छ ।

सामाजिक संजाल यु ट्युब मार्फत सार्वजनिक शोमा एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुशीको कथा समेटिएको छ ।

डल्लु इन्टरटेन्टमेन्टले निर्माण गरेको शो लाई राम कुमार केसीले छायांकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका छन् । कार्यक्रमको छायाँकन र पोस्ट प्रोडक्सन वेब टिभीमा गरिएको हो ।

अभिनेत्री कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको शो डल्लु इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त शो को केहि दिन पहिले प्रेस भेटघाट गर्दै ट्रेलर सार्बजनिक गरिएको थियो ।

ट्रेलरलाइ दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए । कार्यक्रमलाइ पनि दर्शकले माया गर्नेमा निर्माण टिम बिस्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Comments