English

Full Package Of Entertainment.

रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवीको निधन

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडाैं।  रेडियाे नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीकाे निधन भएकाे छ। प्रजातन्त्र सेनानी समेत रहेकी गायिका रानुदेवीकाे गयराति ८३ वर्षकाे उमेरमा निधन भएकाे हाे।

रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन्। उहाको बाल्यकाल बनारसमा बित्यो। उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

बच्चैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो। विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन्। उहाँले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर गीत गाउनुभयो।निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

२००४ सालमा विराटनगरको जुट मिल्समा स्थापना गरिएको तत्कालिन प्रजातन्त्र रेडियोमा गाउन रानुदेवीलाई तारिणीप्रसाद कोइराला प्रोत्साहन गरेका थिए ।

इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी उनकाे १ छोरा र २ छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

Comments