English

Full Package Of Entertainment.

लकडाउनमा कुकिङ मास्टर बन्दै प्रियंका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु,काठमाडाैँ – हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्युनिकरण गर्न जारी गरिएकाे लकडाउनका कारण प्राय सबै मानिसहरू घरभित्रै छन् । लकडाउनमा मानिसहरूले यसअघि व्यस्तताले गर्दा गर्न नपाएका र आफुलाई मनमा लागेका कुराहरू गर्दै समय व्यतित गरिरहेका छन् ।

साेही क्रममा नायिका प्रियंका कार्कीले पनि लकडाउनकाे समय सदुपयाेग गर्दै आफुलाई भान्सामा व्यस्त राखेकी छिन् । उनले हाल ‘चपचप डायरी’ नामक सिरिजकाे सुरूवात गरेकी छिन् । जहाँ उनले विभिन्न प्रकारका खाना पकाउँदै अरुलाई रेसीपी सिकाउने खालको भिडियाेहरू अपलाेड गर्छिन् । उनले आफ्नाे युट्युब च्यानल मार्फत उक्त भिडियाेहरू अपलाेड गर्दछिन् ।

खाना पकाउनु आफ्नाे लागि नयाँ सुरूवात भएकाे उनले बताएकी छिन् । यसअघि कहिलेकाँहि बाध्यताले पकाउनुपर्‍यो भने पनि चाउचाउ र चिया बिस्कुट खाएर गुजारा चलाउने उनी अहिले कुकिङ मास्टर बनेकी छिन् ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गत फागुणको १६ गते विवाह गरेका थिए बिहेलगत्तै देश लकडाउनमा गएपश्चात उनीहरू भैंसीपाटीको घरमै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments