Full Package Of Entertainment.

कति मुल्यमा बिक्याे ‘प्रेम गीत ३’काे नर्थ अमेरिकन राइट्स ?

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’ आगामी २८ चैतबाट प्रदर्शनमा आउँदै छ । यो फिल्मको पहिलो गीत सार्वजनिक भएसँगै विदेश राइट्सको माग बढेको छ ।

यसैबीच, फिल्मको विदेशी राइट्स मंहगो मुख्यमा बिक्री भएको छ । फिल्मको विदेश राइट्सअन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) का लागि ४५ हजार अमेरिकी डलर अर्थात करिब ५० लाखमा बिक्री भएको छ । यी देशका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले राइट्स खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । नवराज र सन्तोषबीच सोमबार सम्झौता भएको हो ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप खड्कासँगै क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेत लगायत कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

YouTube

Comments
Loading...