Full Package Of Entertainment.

सिजी ल्यान्डमार्कमा सिनेमा घर सञ्चालन, के-के छन् सुविधा ?

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं – चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तलामा सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधा सम्पन्न सिनेमा घर सञ्चालनमा आएको छ । आज (शुक्रबार) बाट सिनेप्लेक्स सञ्चालनमा आएको हो ।

उक्त हल अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न तथा विश्वस्तरको रहेको सिनेप्लेक्स सञ्चालक कमल चौधरीले बताउनुभयो । ‘यसले भरतपुरको सहरी मनोरञ्जनको परिभाषा पुनर्लेखन गर्नेछ, यस क्षेत्रमा नयाँ आयाम थप्नेछ,’ उहाँले भन्नुभयो, ‘यसले उपभोक्तालाई उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने हाम्रो विश्वास छ । त्यसका लागि हामी तर्फबाट भरपूर प्रयास हुनेछ ।’

सञ्चालक चौधरीका अनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन छन् । स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको चौधरीले जानकारी दिनुभयो ।

चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उहाँले जानकारी दिनुभयो ।

यो हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । आरामदायी सिट लगायत हलमा उपलब्ध अन्य अत्याधुनिक सुविधाले सिनेप्रेमीलाई विशिष्ट अनुभव दिलाउने सञ्चालकहरूको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares
Comments
Loading...