English

Full Package Of Entertainment.

नेपाल कस्मेटिक व्यवसायी संघमा नयाँ कार्यसमिति चयन

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं – शनिबार काठमाडौंमा सम्पन्न तेश्रो महाधिवेशनबाट नेपाल कस्मेटिक व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाल कस्मेटिक व्यवसायी संघको संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद पौडेल थिए । यसपटक पनि सर्वसम्मतले उनलाई नै अध्यक्षमा चयन गरेको छ ।

यसैगरी,  संघको प्रथम उपाध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सिता पराजुली चयन भएका छन् । संघको सचिवमा केशव ज्ञवाली, सहसचिवमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमिल्सिना चयन भएका छन् ।

यस्तै, संघको केन्द्रिय सदस्यमा दिनेश श्रेष्ठ, श्याम प्रसाद अधिकारी, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ सर्वसम्मतबाट चयन भएका छन् ।

सर्वसम्मतबाट चयन भएको नयाँ कार्यसमिति आगामी २ वर्षको लागि हुने संघका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जनाएका छन् । मुलुकभर करिब १५ हजार कस्मेटिक व्यवसायी रहेको र उनीहरूको हक हितका लागि कस्मेटिक व्यवसायी संघ ६ वर्ष अघि स्थापना भएको पनि अध्यक्ष पौडेलले बताएका छन् ।

‘अब संघलाई चाँडै मुलुकभर महासंघका अवधारणामा अघि बढाउँछौ । यो संघका सदस्यहरू संघको पहलमा प्यान तथा भ्याटमा दर्ता भएका छन् भने संघका सदस्यका हक हितमा मैले आफ्नाे कार्यकाल भरी पनि काम गर्नेछु ।’, अध्यक्ष पौडेलले बताए ।

मुलुकभर रहेका कस्मेटिक व्यवसायीसँगै व्युटिपार्लर सञ्चालकहरू पनि यो संघमा आवद्ध रहेको उनले जानकारी गराएका छन् ।

यसका साथै, उक्त कार्यक्रममा अघिल्लो कार्यकालमा संघलाई सघाउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएकाे छ । आगामी दिनमा ग्राहकको स्वास्थ्यमा ध्यान दिएर नेपालमा गुणस्तरीय कस्मेटिकको बिक्री गरिने कस्मेटिक व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (50%)
  • अचम्मित (50%)
  • दुखी (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

Comments