Full Package Of Entertainment.

सवारी दुर्घ’टनामा नायिका सिलवालको मु’त्यु

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालकाे मृ’त्यु भएकाे छ। धादिङकाे गजुरी गाँउपालिका २, चाम्बासमा बुधबार साँझ बससँग उनी सवार स्कुटर ठाेकिदा उनकाे मृ’त्यु भएकाे हाे ।साथमै सवार उनकी बहीनी शर्मिला सिलवालकाे पनि ज्यान गएकाे छ।

महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका–१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु बुधबार साँझ दुर्घटनामा परेका थिए ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ ६ बजे ठोक्किएका थिए । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महिमाले ‘कारवाही’ फिल्मबाट डेब्यु गरेकी थिइन् । त्यस्तै, उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’ लगायत फिल्ममा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (50%)
  • दुखी (50%)
  • खुशी (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

YouTube

Comments
Loading...