आज माघे संक्रान्ति। सजिलै बुझ्दा ‘घ्यू, चाकु र तीलको लड्डु खाने दिन। नेपाली समुदायले यस दिनलाई विशेष पर्वको रुपमा लिने छ। आज सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटो हुँदै जान्छन् । आजमा दिन परिवारहरुको जमघट हुने चलनले परिवारहरु बीच आतमियता बढाउने त छडैछ तर आजको जमघटमा खाइने घिउ, चाकु तथा सख्खरको विशेष महत्व पनि रहेको छ। यी खानाले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । पौष महिनाको चिसोले शरीरलाई चिसो बनाउने हुदा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न यी कुरामा रहेका तत्त्वले सहयोग गर्ने छ । घिउ-चाकु : चाकु तथा सक्कर चिनीबाट नभई विभिन्न तत्वबाट बनेको हुन्छ। चाकु १०० ग्राम खाँदा ११ मिलिग्राम आइरन पाइन्छ ।यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ । घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड हो। तेस्तैले घिउले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ । तरुल पिंडालु तरुल र पिंडालुलाई विशेष कन्दमुलको रुपमा खाने गरिन्छ । कन्दमुलहरुले मानव स्वास्थ्यमा यथेस्ट मात्रामा क्यालोरी त दिन्छ नै त्यो बाहेक शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरु पोटासियम, क्याल्सियम, फस्फोरस, फाइबर अत्याधिक मात्रामा पाइन्छ ।साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन।पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्धारबाट सजिलै बाहिर निकाल्न मद्दत गर्छ । तिलको लड्डु तिल नजम्ने अनस्याचुरेटेड फैटी एसिड हो । पाचन प्रकृयालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गर्छ । त्यस्तै, तिलको लड्डुमा क्याल्सियम, चिल्लो र क्यालोरीको मात्रा धेरै हुन्छ । ‘ तेस्तैले मजली आज परिवार बसि घिउ-चाकु,कन्दमुल,तिलको लड्डु खाऊ, संस्कृति पनि जोगाउ, स्वस्थ पनि बनम।
