Full Package Of Entertainment.

भोलिको चन्द्रग्रहण:ज्योतिष भन्छन मिथुन राशि ध्यान देउ,अरु राशीलाई कस्तो?

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

२०२० को पहिलो चन्द्रग्रहण लाग्दै छ। नेपाली समय अनुसार  चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर बिहानी २ः५७ बजेसम्म सम्म चल्नेछ । चन्द्रग्रहण ४ घण्टा ५ मिनेटसम्म चल्नेछ।

चन्द्र ग्रहणलाई नेपालबाट पनि हेर्न सकिने छ।  नेपाल संगै छिमेकी मुलुक भारत तथा  एशियाली देशहरु , यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ।

ज्योतिषका अनुसार  चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ । अर्थात् जुन राशीमा ग्रहण लाग्छ त्यस राशिकाले ध्यान दिन आवश्यक हुने ज्योतिषको तर्क छ।

ग्रहण उपछायाँ ग्रहण हुनेछ अर्थात चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले चन्द्र ग्रहणलाई राम्रो संग भने देख्न सकिने छैन।

कुन राशीलाई कस्तो असर? 

मेष- मध्यम फल

वृष- अशुभ फल

मिथुन-मध्यम फल

कर्कट-शुभ फल

सिंह-मध्यम फल

कन्या-मध्यम फल

तुला-शुभ फल

वृश्चिक-अशुभ फल

धनु-अशुभ फल

मकर-अशुभ फल

कुम्भ-शुभ फल

मीन-शुभ फल

सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् ।जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो। ​२०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (33%)
  • खुशी (17%)
  • दुखी (17%)
  • उत्साहित (17%)
  • आक्रोशित (17%)

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

Comments