English

Full Package Of Entertainment.

केरलाबाट नेपाल घुम्न आएको यो परिवार एकैपटक अस्ताए, फर्किएर खुसी । बाँड्न पाएनन्

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

मकवानपुर  माघ ८ , भारतको केरलाबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्या न गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमामा उनीहरुले अकालमा ज्या न गुमाएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्या न गएको हो।

अ चेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएपछि चिकित्सकहरुले सबैलाई मृ त घोषित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै निधन भइसकेको जानकारी ह्याम्सका इमरजेन्सी विभाग प्रमुख डा। कमल थापाले बताए।

चिसोबाट बच्न हिटर बालेकै कारण उनीहरुको निधन भएको ह्याम्स अस्पतालका डाक्टर थापा बताउँछन्। ‘झ्याल ढोका बन्द गरेर सुत्दा अक्सिजनको कमी भयो। त्यहाँ कार्बनडाईअक्साइड धेरै भयो’ डाक्टर थापाले भने, ‘धेरै मान्छे एउटै कोठामा सुतेका कारण उनीहरुको ज्या’न गएको देखिन्छ।’ निधन हुनेमा भारतको केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्।

‘बिरामी भएको भन्‍ने खबर पाउनासाथ उहाँहरुलाई ल्याएका हौँ’, उनले भने, ‘अस्पतालको हेलिप्याडमा ल्याएर जाँच गर्दा ८ जनाकै निधन भइसकेको रहेछ।’ प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए। बिहान ७ बजे कोठामा गएर हेर्दा उनीहरुको निधन भइसकेको थियो। चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए।

म’दिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको निधन भएको आशंका प्रहरीले गरेको छ। दामन चिसो स्थानमा भएकाले भारतीय ती पर्यटक हिटर बालेर सुतेका थिए। सोमबार बेलुका करिब ९ बजेको समयमा १५ जनाको भारतीय टोली दामनस्थित उक्त होटलमा पुगेका थियो। उनीहरुले होटलमा ४ वटा रुम लिएका थिए। ‘तर, पारिवारिक भ्रमण भएको भन्दै उनीहरु दुईवटा रुममा सुतेका रहेछन्, धेरै चिसो नभए पनि उनीहरुले हिटर बालेर सुतेका रहेछन्’, महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने, ‘उनीहरुको त्यही कारणले निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ ‘झ्याल ढोका सबै बन्द गरेर ग्यासको हिटर बालेर सुतेको अनुसन्धानबाट देखिन्छ’, उनले थपे, ‘उनीहरुको अक्सिजनको कमीको कारणले निधन भएको हुनसक्छ।’

उनीहरु दुई परिवारका हुन्। दुई परिवारका बावु आमा र तिनका एक(एक छोरी रहेको प्रहरीले जनाएको छ। उनीहरु बा।३ क ३७८८ नम्बरको गाडीमा दामन पुगेको बुझिएको छ। दुईजना बस्नुपर्ने कोठामा धेरैजना बसेको कारण अक्सिजन अभावमा उनीहरुको ज्या न गएको आशंका गरिएको छ।

ह्याम्सका चिकित्सकहरुले उनीहरुको श्‍वासप्रश्‍वास बन्द भएर ज्या न गएको जनाएका छन्। ह्याम्स अस्पतालबाट आठैजनाको श व पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। पोष्टमाटम रिपोर्टपछि मात्रै उनीहरुको निधनको कारण अझ स्पष्ट हुने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुशी (0%)
  • दुखी (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

Comments