Full Package Of Entertainment.

खुट्टा काम्ने समस्या निको हुन्छ भन्दै यसरी गरियो पास्टरद्वारा क र णी सुन्दा यसरी उड्यो होस

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

ललितपुर माघ ८ ,रोग निको हुने विश्वासले एक किशोरी ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित आशा विश्वासी मण्डली पुगिन् । नियमित चर्च धाउने क्रममा पास्टर ध्रुवबाबु जोशीसँग उनको चिनजान भयो ।

बाथ रोगका कारण खुट्टा काम्ने समस्याबाट गुज्रिएकी उनले आफ्नो पीडा पास्टर जोशीलाई सुनाइन् । सानैमा नराम्रो काम गरेकाले रोग लागेको र पापबाट मुक्त हुन यौ न सम्पर्क गर्नुपर्ने भन्दै उनले किशोरीलाई फकाउन थाले । पटकपटक करणी गरेपछि किशोरीले जोशीविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा जाहेरी दिइन् ।

तीन महिनायता पटकपटक यौ न सम्पर्क गरेको किशोरीको जाहेरीमा उल्लेख छ । अन्तिमपटक पुसको पहिलो साता चापागाउँ मोडस्थित गेस्ट हाउसमा लगेर करणी गरेको र कसैलाई भने शक्ति नाश हुने भन्दै त्रासमा पारेको उनको भनाइ छ ।

कुसुन्तीबाट पक्राउ परेका गोरखा नगरपालिका–६ निवासी जोशीलाई जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले म्याद थपको अवधिभित्र सरकारी वकिलमार्फत् बयान लिई अदालतमा पेस गर्ने बताइन् । किशोरी हाल ओबीएन नामक संस्थाको संरक्षणमा छिन् । कान्तिपुर दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस ।

बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको हो ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरेर मनै लोभ्याउने गरी सङ्ग्रहालय निर्माण गरिएको हो । यसको रोचक र ऐतिहासिक पक्ष के छ भने अझ पनि धेरैलाई थाहा नभएको र जानकारी हुनुपर्ने अर्थात् गराउनुपर्ने विषय सङ्ग्रहालयमा करीब १० मिनेट समय निकालेर घुम्दा पवित्र धार्मिकस्थलको यात्रा अनुभूतिसमेत हुन्छ । यहाँ मुस्ताङको पवित्र धार्मिकस्थल दामोदर कुण्डदेखि नवलपुरको त्रिवेणीधामसम्मको अनेक परिदृश्य हेरेर पृथक आनन्द लिन सकिने सुविधा पनि छ ।

शालिग्राम दर्शनका लागि आउने जोकोहीलाई ५० मिटर लामो संरचनामा बनेको त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको धार्मिक नमूनाले लोभ्याउने गरेको छ । सङ्ग्रहालयभित्र कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्डदेखि त्रिवेणीसम्म कालीगण्डकी नदी वरपर रहेका धार्मिक तथा प्राकृतिक सभ्यता दुरुस्त उतारिएको छ ।
त्रिवेणीधामदेखि दामोदर कुण्डको यात्रा, विभिन्न मठमन्दिरको केही समयमै दर्शन गर्न मिल्ने गरी आकर्षक शैली र सोचमा संरचना निर्माण गरिएको शालिग्राम सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए। “कृष्ण गण्डकी खण्ड परिक्रमा गर्न सबैलाई समय, सहज र सम्भव हुँदैन”, स्वामी प्रपन्नाचार्यले भने, “सङ्ग्रहालयभित्रै गण्डकी सभ्यतालाई उतारिएको छ, धर्म प्राप्तिका लागि यही परिक्रमा गर्न सक्नुहुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

YouTube

Comments
Loading...