Full Package Of Entertainment.

किडनी दिएर जीवन बचाउने प्रेमीको बिहेको प्रस्ताव नकारिन प्रेमिकाले

  • 575
  •  
  •  
  •  
  •  
  •  
  •  
    575
    Shares

संसारमा अनेक किसिममा घटना घट्छन। आज तेस्तै एउटा सुन्दै अचम्म लाग्ने खालको घटना आज हामी तपाइलाई सुनाउदै छौ।

यो घटना हो साउथ लण्डनमा बसोवास गर्ने एक पुरुषको जसले आफ्नी प्रेमिका लागी प्राण भन्दा बढि मनपराउछन भन्ने साभित गरे। जब उनले आफ्नो प्रेमिकाको दुबै किड्नी फेल भईसकेर अन्तिम स्थितीमा रहेको र प्रेमिकाको जीवन बचाउन किड्नी प्रत्यारोपण गर्न पर्ने थाहा पाए , उनले आफ्नो प्रेमिकालाई आफ्नै किडनी दिएर बचाउने निधो गरे।

प्रेमिकाको भाग्य प्रेमिको रगतको समूह र अरु टेस्टमा किड्नी दिन योग्य भएपछि प्रेमी लुइसले आफ्नी प्रेमिका म्यारीलाई किड्नी दिएर जीवन बचाउन सफल भए।

१९९० मा भेटेको यो जोडी आठ वर्ष देखि सँगै थिए। किड्नी दान गरेको केहि समयपछि लुइसले सम्बन्ध अझै गहिरो बनाउन आफ्नी प्रेमिकालाई बिहेको लागि प्रस्ताव गरे । उनले सोचेका थिए यो केबल एउटा औपचारिकता मात्र हुनेछ। उनले अबको जीवन म्यारीसँग बिताउने सपना देखिसकेको थिए।

तर उनको प्रस्ताव प्रमिकाले सोचे अनुसार स्वीकार गरिनन् । उनले बिहे पछि आफूहरू बीचको विशेष मित्रतामा समस्या आउने र आफू पूर्ण स्वास्थ्य नभएसम्म बिहे नगर्ने भन्दै घुमाउरो तरिकाबाट बिहेको प्रस्तावलाई नकारिन् ।

बिहेको प्रस्तावलाई प्रेमिकाले नकारेपनि लुइसलाई आफूले किड्नी दान गरेकोमा केहि अफसोच मानेका छैन । उनी भन्छन “मैले कहिले पनि दुई चोटि सोचिन, आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण मान्छेलाई केहि गर्दा किन सोच्नु”। ऐजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (29%)
  • उत्साहित (29%)
  • दुखी (14%)
  • अचम्मित (14%)
  • आक्रोशित (14%)

  • 575
  •  
  •  
  •  
  •  
  •  
  •  
    575
    Shares

YouTube

Comments
Loading...