Full Package Of Entertainment.

हराएको १२ वर्ष पछि यसरी फेला परे छोरा, आमाबुवा दंग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भैरहवा, ८ माघ । आमाबुवासंग भारत गएका एक ७ वर्षका बालक १२ बर्ष पछि लक्का जवान भए । उनले भारतमै अनेक ह ण्डर र ठ क्कर पाए । जब १९ वर्षको लक्का जवान भए अनि ह राएका आमाबुवालाई फेला पारे । बाँके राप्ती सोनारी ४ वाट लक्ष्मी र बुवा अमरबहादुर सुनारको साथ लागेर भारत गएका सन्तोष रेल चढ्ने क्रममा भिडभाडमा हराए ।

आर्थिक विपन्नताका कारण नेपालमा परिवार पाल्न नसकेपछि अमरबहादुर परिवारै लिएर भारत हा नि एका थिए । उनी ०६४ मा रोजगारीको खोजी गर्दै बाँकेको सिमाना रुपैडिया नाकाबाट भारतको लुधियाना पुगे । त्यतीबेला उनीहरुको एउटै सन्तान थिए सन्तोष । एक मात्र सन्तान रेल चढ्ने क्रममा हराएपछि उनीहरुको होस ठेगानमा थिएन । एकातिर दिनहुँ हात मुख जोर्ने सम स्या ।

एक दिन होइन, दुई दिन होइन पाँचौं बर्षसम्म सन्तान नभेटिएपछि उनीहरुले अब छोरा भेटिदैन भन्ने सोचे । जिवनलाई नयाँ ढंगले अगाडी बढाए । भारतमै सानोतिनो काम गरे । दम्पत्तीले भारतमा रोजगारी सुरु गरे, जीवनलाई नयाँ शिराबाट सुरु गर्दा चार सन्तान जन्मिए ।

भारतको लुधियानामा रहेका उनीहरु त्यो ठाउँ छोडेर अन्त जान पनि सकेनन् । मन भित्र कतै यहिँ ठाउँमा आफ्नो हराएको छोरा फेला पर्छकी भन्ने झिनो आशा पनि मनमा थियो । त्यतीनै बेला अमरबहादुरका लागि एउटा खुसीको खबर आयो । तपाईको ‘छोरो भेटियो, नेपाल आउनुस् ।’

दम्पत्ती दंगदास भए, नसोचेको खबरले उनीहरुलाई विश्वास गर्न नै कठिन भयो । तर पनि उनीहरु नेपाल फर्केर आए । छोरो जुन स्टेशनबाट हराएको हो त्यहिँ आउला कि भन्ने आशको त्यान्द्रोमा अन्यत्र रोजगारीमा पनि नगएर बसेका दम्पत्ती छोराको खबर सुन्ने बित्तिकै नेपाल फर्किए ।

हराएको १२ बर्ष पछि मंगलबार रुपन्देही जिल्ला प्रहरी कार्यालयमा भेट भएपछि दम्पत्तीको अनुहारमा खुशीको भाव प्रस्ट देखिन्थ्यो । सन्तोषकी आमा लक्ष्मी भन्छिन्,‘हामी छोरा आउने सानो आशमा त्यहिँ बसेर काम गरिरहेका थियौं । रेलमा चढ्दा हराएको छोरो रेल चढेरै आउला भन्ने आश थियो । तर, यहाँ भेटियो । खुशी छु ।’

सेक्युरिटी गार्डको काममा रहेका अमरबहादुर भन्छन्,‘कति दुख पायो होला भन्ने चिन्ताले संधै सताइरहन्थ्यो, छोरा भेटिएपछि सबै पिर हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

YouTube

Comments
Loading...