English

Full Package Of Entertainment.

सुनको भाउ ६०० ले बढ्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ ह्वातै बढेको छ ।

गएको शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुनको मुल्य आज ६ सयले बढेर ९० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ ९० हजार १ सय ५० कायम भएको छ । गएको शुक्रबार तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मुल्य  पनि सामान्य बृद्धि भएको छ । शुक्रबार तोलाको १२ सय ९० मा कारोबार भएको चाँदीको मुल्य आज २० रुपैयाँ बृद्धि भएर १३ सय १० मा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave A Reply

Your email address will not be published.