English

Full Package Of Entertainment.

यस्ता छन् डब्लुएचओकाे खानपानका ५ टिप्स : हेर्नुस् के कसरी खाने ?

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

ग्ल्याममान्डु, काठमाडाैँ – हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) ले गर्दा सारा संसारभरका मानिसकाे दैनिकी परिवर्तन भइरहेकाे छ । काेराेनाकाे त्रासले गर्दा सरसफाइलाई विशेष ख्याल गर्न थालिएको छ भने भौतिक दूरी समेत कायम गरिएको छ । तर, अझै पनि खानपानको तरिकामा भने परिवर्तन भएको देखिँदैन ।

साेही कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुरक्षित खानपानका लागि अत्यन्तै जरूरी पाँच टिप्स दिएको छ । उक्त टिप्स यस प्रकारका छन् :

१. सधैं स्वच्छ रहनुहोस् :

– खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ ।

– शौचालय गएपछि हात धुनु जरुरी हुन्छ ।

– भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् ।

– भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् ।

२. काँचो खानेकुरालाई पाकेको खानाबाट टाढा राख्नुहोस् :

– पोल्ट्री उत्पादन, काँचो मासु, सीफूड (समुद्रमा पाइने जीव–जन्तुको माछा) लाई खानपिनका अन्य वस्तुबाट अलग राख्नुहोस् ।

– काँचो खानेकुरा समात्ने बेला भिन्न भाँडा, चक्कु र कटिङ बोर्डको प्रयोग गर्नुहोस् ।

– पाकेको खाना र काँचो खानाबीच कुनै पनि प्रकारको सम्पर्क नहोस् भनेर खानपिनका वस्तुलाई कन्टेनरमा राख्नुहोस् ।

३. खानेकुरा राम्रोसँग पकाउनुहोस् :

– विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।

– सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।

– पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।

४. खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस् :

– पाकेको खानालाई कोठाको तापक्रममा दुई घण्टाभन्दा बढी समयका लागि नराख्नुहोस् ।

– तयार खाना विशेषगरी चाँडै बिग्रने खानालाई पाँच डिग्री सेल्सियसभन्दा  कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

– खाना पस्कनुअघि त्यसलाई ठूलो आँच (६० डिग्री सेल्सियस तापक्रमभन्दा बढी) मा तताउनुहोस् ।

– फ्रिजमा पनि खानालाई धेरै समयका लागि नराख्नुहोस् ।

–फ्रोजन फूड अर्थात् जमेका खानेकुरालाई कोठाको तापक्रममा पग्लन नछोड्नुहोस् ।

५. सफा पानी र स्वच्छ भोजन सामग्री :

– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।

– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् ।

– सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।

– फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।

– म्याद गुज्रिएका खानेकुरा नखानुहोस् ।

(एजेन्सीकाे सहयाेगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

Comments