English

Full Package Of Entertainment.

दीपिका पादुकोणले कंगना सँग टिकटकको कारणले किन मागिन त माफी

  • 336
  •  
  •  
  •  
  •  
  •  
  •  
    336
    Shares

एजेन्सी, एसिड आक्रमणजस्तो संवेदनशील मुद्दामा बनेको दीपिका पादुकोणको फिल्म ‘छपाक’ ले बक्स अफिसमा कमाल देखाउन सकेन भने फिल्मबाट विवादको अलग्गिन सकेको छैन । सोसल मिडियामा दीपिका पादुकोणको एउटा टिकटक भिडियो भाइरल भएको छ जसमा उनी एक मेकअप आर्टिस्टलाई छपाक लुक बनाउन भनिरहेकी छिन् । यस्तो गरेकोमा अब कंगना रनौतले यसलाई असंवेदनशील बताउँदै दीपिकालाई माफी माग्न भनेकी छिन् ।

भिडियोबाट आहत भएकी कंगना रनौतले अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरी दिदी एसिड आक्रमणमा परेकी थिइन् र म दीपिका पादुकोणको यो भिडियोबाट निकै आहत भएकी छु । ’

कंगना रनौतले थपेकी छिन्, ‘यो निकै असंवेदनशील भिडियो थियो र दीपिका पादुकोणले यो कुनै न कुनै कारणसहित नै बनाएको हुनुपर्ने आशा व्यक्त गरेकी छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (20%)
  • दुखी (20%)
  • अचम्मित (20%)
  • उत्साहित (20%)
  • आक्रोशित (20%)

  • 336
  •  
  •  
  •  
  •  
  •  
  •  
    336
    Shares

Comments