English

Full Package Of Entertainment.

कोरोनाको नि:शुल्क उपचार गर्न आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो

  • 302
  • 23
  •  
  •  
  •  
  •  
  •  
    325
    Shares

ग्ल्याममान्डु, काठमाडाैं।इटालियन क्लब युभेन्टसका सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् ।

इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् ।

रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत नि:शुल्क गरिने बताइएको छ । अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन् ।

युभेन्टसका डिफेन्डर रुगानीमाथि कोरोना पोजेटिभ भेटिएपछि रोनाल्डोमाथि पनि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । तर उनीमाथि कोरोना नभएको पुष्टि भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 302
  • 23
  •  
  •  
  •  
  •  
  •  
    325
    Shares

Comments