English

Full Package Of Entertainment.

चीनमा कोरोना भाइरसबाट सङ्क्रमण १७ को निधन पछि स्थानीयलाई शहरबाट कतै नजाने आदेश

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

ग्ल्याममाण्डु एजेन्सी ,। चीनमा हाल सम्म कोरोना भाइरसबाट १७ को ज्यान गइसकेको छ । वुहान शहरबाट फैलिएको कोरोना भाइरस अन्य देश जापान, मकाउ, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड र अमेरिकामा समेत फैलिएको छ ।

कोरोना भाइरस फैलिएको चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । चीनमा मात्र कारोना भाइरसबाट पाँच सय ५० भन्दा बढी सङ्क्रमित भएका छन् ।

बिहीबार बिहानबाट लगाइएको यो प्रतिबन्धपछि शहरी बस, ट्रेन, सबसे, विमानस्थल, होटल र रेस्टुरेन्ट बन्द गरिएका छन् । वुहान शहर पूर्णरुपमा बन्द गरिएको छ । स्थानीयहरुलाई अत्यावश्यक काममा मात्र बाहिर निस्कन भनिएको छ । यसका साथै शहरका नगरपालिका सरकारले सूचना जारी गर्दै सार्वजनिक स्थानमा सबैलाई मास्क लगाउन सचेत गराएको छ ।

अहिलेसम्म चीनबाहेक अमेरिका, दक्षिण कोरिया, जापान र थाइल्याण्डमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

सि फुड पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ ।

एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भाइरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्या । यो सामान्य रुघा, खोकीको जस्तो लक्षण देखाउने भाइरस होइन, जुन चिन्ताको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (100%)
  • खुशी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

Comments