Full Package Of Entertainment.

राजदूतलाई फलो गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने

  • 507
  • 8
  • 7
  • 2
  •  
  •  
  •  
    524
    Shares

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो रिट्वीटको फलोअर्स बढाउने नयाँ काइदा ल्याएकी छिन्। उनले आफ्नो ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने भइएको छ ।

राजदूत होउले मंगलबार बिहान चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित ट्वीट गरेकी छिन् ।उक्त ट्वीटमा उनले भनेकी छिन याे ट्वीट लाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५ जनालाई चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट दिने घोषणा गरेकी छन् ।

‘चिनियाँ चलचित्र महोत्सवको उद्घाटन समारोह २७ डिसेम्बरमा काठमाडौंमा हुँदैछ’-राजदूत होउले लेखेकी छिन्‘ मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस्’।

यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छिन् ।

धेरै लाइकका आधारमा टप ५ जनालाई २–२ वटा चलचित्र महोत्सव उद्घाटन समारोहको टिकट दिने घोषणा होउले गरेकी छिन् । नेपालीमाझ निकै घुलमिल हुन रुचाउने होउले ट्वीटरमा नेपाली फलोअर्स बढाउने रमाइलो काइदा रचेकी छन्। हालसम्म उनको ट्वीटरमा साँढे ९ हजारबढी पलोअर्स छन्।

२७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा , लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 507
  • 8
  • 7
  • 2
  •  
  •  
  •  
    524
    Shares

Comments