English

Full Package Of Entertainment.

‘सन्डे मर्निङ लभ यु’ गाएर भिम निरौलाले ब्रिटेन गट ट्यालेन्टमा लगाए आगो (भिडियो)

  • 176
  •  
  •  
  •  
  •  
  •  
  •  
    176
    Shares

गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा‘सन्डे मार्निङ लभ यू’ गीत गाउदै संसारको ध्यान आफुमा केन्द्रित गर्न सफल भएका छन्।

५४ वर्षीय भीम निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा आफ्नो सिग्नेचर गीत‘सन्डे मार्निङ लभ यू’मञ्चमा गीत गाएपछि दोस्रो चरणका लागि छनौट समेत भएका छन्।


ब्रिटेन गट ट्यालेन्टको आधिकारिक ट्वीटर ह्यान्डलमार्फत् उनको प्रस्तुतिको भिडियो सेयर गरिएको छ।

निर्णायक रहेका  साइमन कावेल उनलाई अघिल्लो चरणमा लग्न तयार थिएनन्। तर, गायिका  अमान्डा होल्डेन, गायिका अलेशा डिक्सन र कलाकार डेभिड विल्यम्सले उनको प्रस्तुति रुचाए।
दर्शक दीर्घाले पनि उनको प्रस्तुतीलाई हात बजाएर स्वागत गर्यो ।

हेर्नुहोस भिडियो


‘ब्रिटेन्स गट ट्यालेन्ट’का बिजेताले शाही परिवारका सामुन्ने सांगीतिक प्रस्तुती दिन पाउनुका साथै दुई लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछन् ।

सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला पेशाले होटल म्यानेजर हुन् ।

धनकुटा जिल्लामा जन्मिएका निरौलाले बि.स.२०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका थिए । उनले ५ दर्जनभन्दा बढी गीत गाइसकेका भए पनि उनलाई चर्चामा पुर्याउन सफल गीत ‘सन्डे मार्निङ लभ यू’ नै हो ।

सन् २०१३ मा युट्युबमा अपलोड गरिएको उनको यो गीत ६० लाख भन्दा बढीले हेरिसकेका छन् ।

हेर्नुहोस उक्त गीत

भिमले अर्को चरणमा कस्तो प्रस्तुति देलान भन्ने सबैमा कौतुहोलता जागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (62%)
  • अचम्मित (23%)
  • उत्साहित (15%)
  • दुखी (0%)
  • आक्रोशित (0%)

  • 176
  •  
  •  
  •  
  •  
  •  
  •  
    176
    Shares

Comments