Full Package Of Entertainment.

फिल्म त हिट भयो तर वि’वा’दमा तानिए सैफ अली खान

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

एजेन्सी । बलिउडका लोकप्रिय अभिनेता सैफ अली खानको फिल्म ‘तान्हाजीः द अनसङ वारिअर’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । ‘तान्हाजी’ मा अजय देवगन, सैफ अली र काजोलले मुख्य भूमिका निभाएका छन् ।

फिल्मको सफलतासँगै सैफ अलीले दिएको एक अभिव्यक्तिका कारण उनी विवा’दमा तानिएका छन् । उनले ‘तान्हाजी’ बारे कुराकानी गर्ने क्रममा दिएको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा खानको चर्को आ’लोचना भइरहेको छ ।

हालै फिल्मबारे कुराकानी गर्ने क्रममा सैफ अलीले ‘यो इतिहास हो भनेर मलाई लाग्दैन’ भनेका थिए । साथै उनले भनेका थिए ‘अंग्रेज आउनपूर्व इन्डियाको कुनै अवधारणा थियो भन्ने मलाई लाग्दैन ।’ अर्थात् उनको यो भनाइले भारतमा अंग्रेज आउनुपूर्व ‘इन्डिया’ भन्ने देश नै नभएको अर्थ लाग्छ ।

सैफ अलीको उक्त भनाइप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आ’पत्ति जनाएका छन् । सामाजिक सञ्जालमा सैफको भनाइको मात्रै वि’रोध गरिएको छैन । उनका छोरा तैमूर अली खानको नामलाई समेत मानिसले नि’शाना बनाएका छन् ।

केही मानिसले छोराको नाम तैमूर राखेकोमा यसअघि समेत सैफ र करिनाको वि’रोध गरेका थिए । मुस्लिम अ’ति’क्र’म’णकारी तैमूरले भारतमा कैयौं हिन्दूको ह’त्या गरेको र ह’त्या’राको नामसँग मिल्ने गरी छोराको नाम राखेपछि वि’रोध गरिएको थियो ।

‘प्रिय सैफ अली खान, कृपया यी पुराना मानचित्र हेर्नुहोस्, अंग्रेजले नै इन्डियाको अस्तित्वबारे उल्लेख गरेका छन्’, एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् ।

त्यस्तै अर्का प्रयोगकर्ताले सैफको भनाइप्रति प्रतिक्रिया दिँदै लेख्छन् ‘जब अंग्रेज आउनुपूर्व इन्डियाको कुनै अवधारणा नभएको भए उनीहरूले किन इस्ट इन्डिया कम्पनी भन्ने नाम राखे रु सैफ र अनुपमासँग कसैले सोध्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

YouTube

Comments
Loading...