आर्टमान्डुको प्रोडक्सनमा कर्णेश राजथलाको "वसन्त-शिशिर" सार्बजनिक

आर्टमान्डुको प्रोडक्सनमा कर्णेश राजथलाको "वसन्त-शिशिर" सार्बजनिक
Glammandu प्रकाशित: आइतबार, २२ चैत्र २०७७, ११ : ३५ pm

वसन्त÷शिशिर प्रेमकथा हो । एक दुर्गम पहाडको नर्स र परिस्थिती बस बनेको एक बिद्रोही बिचको सम्बन्धको कथा । र त्यो सम्बन्ध वसन्त र शिशिरसँगै फरक बनिदिन्छन् । फेरि ती मौसम मात्र हैनन् । ती उनीहरुमाझको अनुभुति पनि हो । भोगाई पनि । र प्रेमभित्र यी सबै कुराहरुलाई अटाउँदा त्यो कस्तो प्रेम होला ? वसन्त-शिशिरले प्रेमकै गहिराईलाई देखाउन खोजेको छ । गीतमा रोश्नी कार्की, सन्दीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मनाङ र लम्जुङ्गको मनै छुने स्थाहरुमा सुटिङ्ग गरिएको गीतलाई निर्देशन-सम्पादन नवीन भट्टले गरेका हुन् भने छायांकन ज्ञान चौलागाईले गरेका हुन् । आर्टमाण्डुले भिडियो प्रडक्सन गरेको यो गीतमा कलरिङ्ग चानस पुन मगरले गरेका हुन् ।

युद्ध सिर्फ विचारहरुको मात्र हुन्न । दुइ पात्रहरुको बिचमा मात्र हुन्न । एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ । हिउँ, पानी, पालुवा यी मौसमको बद्लिने स्थितिमा पनि प्रेम साझा रहन्छ । सिर्फ अर्थहरु बदलेर । परिस्थितिहरुमा आफ्नै किसिमले आँटेर ।

यहि कुरालाई गीतमा कर्नेश राजथलाले गाएका हुन् जसमा रचना-संगीत हेम थामीको रहेको छ । एरेन्ज मन्जिल विक्रम के.सीले गरेका छन् भने मिक्सिङ्ग÷मास्टरिङ्ग कोविद बज्रले गरेका हुन् ।

 

प्रकाशित: आइतबार, २२ चैत्र २०७७, ११ : ३५ pm

प्रतिक्रिया दिनुहोस

Related News