बीग बोसका विजेता सिद्धार्थ शुक्लाको निधन

बीग बोसका  विजेता सिद्धार्थ शुक्लाको निधन
Glammandu प्रकाशित: विहीबार, १७ भदौ २०७८, १२ : २० pm

बीग बोसका  विजेता तथा बलिउडका कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार उनको हृदयघातका कारण निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सिद्धार्थ केही औषधी खाएर सुतेको भारतीय मिडियाहरुले जनाएका छन् । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने अहिले सम्म खुलेको छैन ।

सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए । उनी ४० बर्षको उमेरका थिए ।

प्रकाशित: विहीबार, १७ भदौ २०७८, १२ : २० pm

प्रतिक्रिया दिनुहोस

Related News