बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: आइतबार, १९ बैशाख २०७८, ११ : ३२ pm

नेपाली बजारमा आज (आइतबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । 

आइतबार सुनकाे मूल्य ताेलाकाे एक सय रुपैयाँले बढेर  प्रतिताेला ९० हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको भाउ पनि ताेलाकाे ५० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य भने स्थिर रही प्रतितोला एक हजार २ सय ९५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित: आइतबार, १९ बैशाख २०७८, ११ : ३२ pm

प्रतिक्रिया दिनुहोस

Related News