English

Full Package Of Entertainment.

हेटौँडामा जीप र मोटरसाइकल एक आपसमा ठो क्किँदा एक जनाको यसरी गुमाए ज्या न

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

मकवानपुर माघ ८, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, नवलपुरमा बुधबार जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

घाइते भएका चालक स्याङ्तानको उपचारको क्रममा हेटौंडा अस्पतालमा बुधबार राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका साजनको भने चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको जीप र विपरीत दिशाबाट जाँदै गरेको ना ४२ प ४९१४ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१९ का २१ वर्षीय सुनिल स्याङ्तान र पछाडि सवार मकवानपुर ज्यामिरेका १८ वर्षीय साजन भोलन घाइते भएका थिए ।

दुवै सवारी साधन र जीप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Comments