English

Full Package Of Entertainment.

‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

ग्ल्याममाण्डू, काठमाडौं– गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ सार्वजनिक भएको छ ।

राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो ।

डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् ।

गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकड् गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

Comments